‘आइएमई डिजिटल’ र कुमारी बैंकबीच मोबाइल वित्तीय सेवा सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 05:09:49 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आइएमई पे’का ग्राहकले कुमारी बैंक Kumari Bank Limited बाट पनि रकमान्तर गर्न सक्ने भएका छन् । ग्राहकले बैंकको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका हुन् ।

बैंकले आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने, खाताबाट वालेट र वालेटबाट खातामा रकम जम्मा गर्ने सेवा उपलब्ध गराउनेछ । बैंकका ग्राहकले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर सेवा पनि प्राप्त गर्नेछन् ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापछि कुमारी बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था बनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved