माछापुच्छ्रे बैंकलाई अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र, ग्राहक केन्द्रित कार्यशैली भएकाले अवार्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 10, 2019 | 10:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited  अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त बैंकिङ संस्था बन्न सफल भएको छ। बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युकेले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो।    

ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रकृयागत शैली र निरन्तर सुधार लगायतका विविध गुणस्तरीय सिद्दान्तको आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ। आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्दछ ।  

बैंकले हाल पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, १११ वटा एटीएमहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved