एभरेष्टमा खाता खोल्नुस्, अग्रिम तलब पाउनुहुन्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 05:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको छ । बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागी इन्सुरेन्स सेवा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग एमओयूमा हस्ताक्षर गरेको हो ।

५ लाख बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको हो । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाख बीमा योजना ल्याएको छ । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् ।

त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ । कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने बैंकको विश्वास छ ।

बैंकले हाल ८६ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved