एनआईसी एशियालाई ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 08:35:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ  । बैंकले ४ अर्ब रुपैयाको बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो  । बैंकले मंसिर २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।  

अब  बैंकले एक हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये २० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्। बाँकि ८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ  । 

'१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६' नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्न बैंकले नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एनआईसी एशियाले यसअघि तीन पटक गरि पाँच अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved