१० प्रतिशत ब्याजदरमा एनआइसी एशियाको ऋणपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 08:56:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाले ४ अर्ब रुपैयाँ बराबरको 'एनआईसी एशिया डिबेन्चर २०८५÷८६’ बिक्रि गर्ने  छ। बैंकले १० प्रतिशत वार्षिक ब्याजदर रहेको डिबेन्चरका लागि आजै (माघ ३) गते सार्वजनिक आब्हान गरेको छ। 

बैंकले बिक्रि खुला गरेको ४ अर्बको ऋणपत्र मध्ये २ अर्ब ४० करोड व्यक्तिगत तवर (Private Placement) लाई छुट्याइएको छ भने बाँकी १ अर्ब ६० करोडको सर्वसाधारणलाई छुट्याइएको छ। ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। उक्त ऋणपत्रका लागि सर्वसाधारणले माघ १३ देखि छिटोमा माघ १६ र ढिलोमा फागुन १३ सम्म आबेदन दिन सक्नेछन। उक्त  ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुनेछ।  

एनआईसी एसियाको ऋणपत्रलाई क्रेडिट रेटिंग एजेन्सी केयर रेटिंग नेपालबाट 'केयर एनपी ए' र इकरा रेटिंगबाट 'इकरा आइआर ए' प्राप्त भएको छ। यसको अर्थ बैंकको ऋणपत्रमा गरिएको लगानी कम जोखिमपूर्ण छ र संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता राख्छ भन्ने जनाउँछ।       

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको डेबट मार्केटको विकासको लागि एक महत्वपूर्ण कडि हुने बैंकको बिश्वास छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved