जनता बैंकद्वारा सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2019 | 11:21:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गरेको छ। यससमबन्धि सम्झौतामा बैकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरे। 

सम्झौताअनुसार भलिबल संघल एन.भि.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख  (प्रति टिम रु. एक लाख) जनता बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गराइनेछ।

गत पुष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)  ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता गरिएको थियो। खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved