सेन्चुरी कमर्शियल बैंकले नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा आयोजित क्यान्सर कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमलाई ५० हजार आर्थिक सहयोग गरेको हो।
कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरुलाई प्रेरणा र हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिन्छ भन्ने जानकारी पनि दिएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठज्यू र हरिवंश आर्चाय बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरे।