३० लाख ब्यवसाय कर्जा दिने गरी वाणिज्य बैंकका तीन शाखा स्मार्ट ब्रान्च बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 04:19:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैक RBB Merchant Banking Ltd ले तीन शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले काठमाडौँको बौद्ध, जाजरकोटको भेरी ४ गौरीखाली र रुकुम पूर्वको सिस्नेस्थित रुकुमकोटमा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखो संख्या २१५ पुगेको छ ।

बैंकले ५४ औं वार्षिकोत्सव (माघ १० गते) को अवसरमा पहिलो चरणमा आफ्ना तीनवटा शाखा नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गर्ने भएको छ । स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ ।

बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved