जिल्ला अदालत रुपन्देहीमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 06:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले रुपन्देहीको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ ।

मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थीले एक्सटेन्सन काउन्टर सञ्चालनपछि अदालतको राजश्व संकलनमा सहज हुने विश्वास व्यक्त गरे । बैंकले अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गर्ने जनाएको छ । बैंकले हाल १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved