ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा शाखा संचालनमा ल्याएको छ । हरिवन शाखाको उक्त नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे । रुपनी शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव र परवानीपुर शाखाको नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जनले उद्घाटन गरे । निजगढ शाखाको उक्त नगरका मेयरसुरेश कुमार खनाल र त्रियुगा नगरपालिका गाईघाट शाखाको पनि नगरप्रमुख बलदेव चौधरीले उद्घाटन गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएमा मार्फत सेवा प्रदान गर्दै आएको छ ।