राष्ट्रिय वाणिज्य बैंकद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 04:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक RBB Merchant Banking Ltd ले ५ सय विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । बैंकले संखुवासभाको चैनपुरस्थित सरस्वति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।

संखुवासभाका जिल्ला अदालतका न्यायाधीस प्रकाश राउत, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रधानाध्यापक उज्ज्वल कर्मचार्य, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमझी, चैनपुर शाखाका प्रबन्धक सुरेश मण्डल उपस्थित थिए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको जनाएको छ ।

बैंकले हाल ७७ वटै जिल्लामा २१७ शाखा, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved