माछापुच्छ्रे बैंकको 'एजुकेशन हव' सञ्चालनमा, बिदेशमा पढ्न चाहनेलाई एकै ठाउँबाट सबै सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 01:32:58 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले अध्ययनका लागि विदेश जान चाहने बिद्यार्थीहरुको सुविधालाई प्राथमिकतामा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ। एकद्वार प्रणाली मार्फत शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धि परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले यो सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ। 

बैंकको काठमाण्डौ स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन।   

हबबाट विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् । विद्यार्थीहरुले सोही ‘हब’बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलि, एसिटि, एसिसिए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर {-PTE, IELTS, GMAT, GRE, TOEFL, SAT, USMLE, ACT, ACCA, Australian Visa Fee, College Application, Seminar Registration, Transcript Order}  जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ । 

यस बाहेक विद्यार्थीहरुले शाखा मार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।  

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट आफ्ना ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved