'बैंकहरुको प्रवृतिले कल डिपोजिटको हिस्सा घटाउनुपर्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 09:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुको प्रवृतिका कारण कल डिपोजिटको हिस्सा घटाउनुपरेको बताएका छन।  छोटो समयका लागि निक्षेप लिएर लामो समयका लागि कर्जा प्रवाह गर्ने बैंकहरुको प्रवृतिले गर्दा कल डिपोजिटको हिस्सा घटाउनुपरेको शिवाकोटीले बताए। 

राजधानीमा आयोजित एक कार्यक्रममा केहि बैंकहरुको कल डिपोजिटको हिस्सा ३५ प्रतिशतसम्म रहेको बताउदै शिवाकोटीले बैंकहरुले आगामी असार मसान्तसम्म कल डिपोजिट १५ प्रतिशतसम्म झार्नुपर्ने अर्को पुष मसान्तसम्म १० प्रतिशतमा ल्याउनुपर्ने बताए।    

निक्षेप संकलन र कर्जा प्रवाहको अवधीमै तालमेल नहुँदा पछिल्लोसमय बैंकिङ प्रणालीमा तरलता र ब्याजदरबारे समस्या दोहोरिरहेकाले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत बैंकहरुलाई ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याइएको उनले स्पष्ट पारे।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved