कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले प्रदेश नं २ को सप्तरी जिल्लास्थित महुली गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरे । बैंकको यो शाखा प्रदेश नम्बर २ को दोस्रो शाखा हो ।
बैंकले हाल ६५ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।