एनआईसी एसियाबाट महासंघको सिफारिसमा १० लाखसम्म सहुलियत कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 09:05:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसंग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ। सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष  देबिका बुढाथोकीले हस्ताक्षर गरेका छन।  

सम्झौताअनुसार महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाख देखि १० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराउने छ। यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाकालागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हाल मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved