नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी (School of Education& School of Arts) मा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, के यु School of Education का डिन प्रा.डा.महेशनाथ पराजुली तथा School of Arts का डिन प्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
काउन्टरले के.यु. हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने विश्वास लिईएको छ । पि.एच.डी.सम्मको पढाइ हुने के.यु.मा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन ।
बैंकले हाल ७८ वटा शाखा, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।