नबिल बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 09:20:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  को लाभांश पारित भएको छ। बैंकको फागुन २७ गते बसेको बार्षिक ३४ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस पारित गरेको हो। 

१२ प्रतिशत बोनस सेयर पारित भएसंगै बैकको चुक्तापुंजी ९ अर्ब १ करोड नाघेको छ। बैंकले गत आर्थिक बर्ष बैंकहरु मध्येकै उच्चतम मुनाफा ३ अर्ब ९८ करोड कमाएको थियो। 

बैंकले यस अवधिमा आफ्नो वासलात विस्तार गरि १ खर्ब ६१ अर्ब पुर्याएको छ। बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ। अघिल्लो बर्षको तुलनामा बैंकको यस बर्षको संचालन मुनाफा र खुद मुनाफा क्रमश: ७.५२ र ७.५५ ले वृद्धि भएको हो।

यस अवधिमा बैंकक नेटवर्थ २० अर्ब ५९ करोड रहेको छ।  बैंकले बाणिज्य बैंकहरु मध्ये आर्थिक बर्ष २०७३÷७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पुर्याए वापत आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ।

बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेलले बताए।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved