कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकैदिन दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नं. २ स्थित सिराहाको लहान नगरपालिका र गोलबजार नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका संचालक भिम प्रसाद तुलाचन र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको शाखाको उद्घाटन गरे । यी दुई शाखासँगै प्रदेश नं. २ मा कामना सेवाको शाखा संख्या पाँच पुगेको छ ।
बैंकले हाल ७२ वटा शाखा तथा २७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।