ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीलाई भारतका दुई अस्पतालमा ५० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 12:41:44 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र भारतको नयाँ दिल्ली स्थित बिएलके सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटलबिच हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्भौतापत्रमा रेडियन्ट लाईफ केयरका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले हस्ताक्षर गरे। सम्झौताअनुसार बैकका ग्राहक तथा कर्मचारीले डेबिट,क्रेडिट र प्रिभिलेज कार्ड बाहक ग्राहकहरुले भारतका यी दुई अस्पतालहरुमा उपचारमा ५० प्रतिशतसम्म छुट पाउनेछन। 

बैंकले यसअवधिमा बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved