सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले अछामको चौरपाटी गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु र १३ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।