ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited बाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि ओम डेभलपमेन्ट बैंकका दशैभर रहेका ५३ वटै शाखाबाट महालक्ष्मी लाईफका जीवन बीमा योजनाहरु बिक्री हुनेछन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
हाल महालक्ष्मी लाईफले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना मार्फत सेवा दिँदै आएको छ । यस इन्स्योरेन्सले २०७५ चैत्र मसान्त भित्र देशको २३ स्थानबाट सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।