मेगा बैंक @M र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा बैंक नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका शाखा र अन्य बैंकहरुमा समेत रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने यो खातामा बैंकले ६.५ प्रतिशत त्रैमासिक ब्याज दिने जनाएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुट सहित आवास कर्जा र सवारी साधन कर्जामा पनि छुटको व्यवस्था बैंकले गरेको छ ।