नबिल बैंकले ३.९४ प्रतिशत ब्याजदरमा ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 05:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले पुर्ण सेवाहरु सहितको नारी प्याकेज सुरुवात गरेको छ । बैंकले नबिल नारी कार्यक्रम अन्तर्गत तीनवटा नयाँ उत्पादनहरु सुरु गरेर महिलाहरूको लागि पूर्ण बैंकिङ सेवा प्रदान गर्ने शुरुवात गरेको छ । बैंकले नायीका प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको छ । 

बैंकले “नबिल नारी” अन्तर्गत नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघुउद्यम कर्जा जस्ता बचत खाता तथा कर्जा सेवाहरुको शुरुवात गरेको हो । 

नबिल प्रिमियम नारी बचतमा वार्षिक ४.७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने बैंकले जनाएको छ । यसका साथै बैंकले “नबिल नारी कर्जा” अन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । यसका लागी महिलाको स्वामित्वमा रहेको प्राइभेट फर्म, महिलाको ५० प्रतिशत साझेदारी रहेको साझेदारी फर्म र ५१ प््रतिशत महिलाको शेयर रहेको कम्पनी हुनुपर्नेछ । बैंकले प्रक्रिया सुरु गरेको पाँच दिनभित्रै ५ लाख देखी १ करोड ५० लाखसम्म कर्जा उपलब्ध गराउनेछ । 

बैंकले वार्षिक ३.९४ प्रतिशत ब्याजदरमा महिला लघुउद्यम कर्जाको पनि सुरुवात गरेको छ ।  बैंकले लघुउद्यमको लागी ५ वर्षमा चुक्ता गरिसक्ने गरी १५ लाखसम्म कर्जा दिनेछ । यस्तो कर्जा लिनको लागी ऋणीको उमेर १८ देखी ६५ वर्षको हुनुपर्नेछ । यस्तो कर्जा बैंकले प्रक्रिया सुरु गरेको २१ दिनभित्र उपलब्ध गराउनेछ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले महिलाले यस्ता कर्जाको उपयोग गरिसबल व्यवसायको सुरुवात गर्न, गरिबीबाट छुट्कारा पाउन र देशको आर्थिक विकासमा योगदान कर्ताको रुपमा आफुलाई उभ्याउन सक्ने विश्वास व्यक्त गरे । 

बैंकले हाल ७५ शाखा र १२८ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved