‘मेगा रेमीट’ अब अष्ट्रेलियाबाट पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 12:02:51 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ। बैंकले अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो।  

अष्ट्रेलियाबाट पहिलोपटक सुरु गरिएको ‘मेगा रेमीट’ सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिने बैंकले जनाएको छ। 

मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ। नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ । मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरेको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved