कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोरङ्गको पथरी सनिस्चरे नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ८० औँ शाखाका रुपमा पथरी बजारबाट सेवा सुरु गरेको हो । उक्त शाखाको बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरे ।
बैंकले हाल ८० शाखासहित ३४ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।