प्रभु बैंकले सप्तरी सदरमुकाम राजविराजस्थित मापलपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
मालपोत कार्यालय परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालय बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । सरकारको राजश्व संकलन अभियानमा यस काउण्टरले सहयोग पुर्याउने बैंकको विश्वास छ ।