मेगा क्यापिटलद्धारा कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 10:51:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited को पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटलले औपचारिक कारोबार सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा क्यापिटलको उद्घाटन गरे । 

धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले नेपालमा मर्चेन्ट बैंकिङको विकासक्रम बढ्नु खुसीको कुरा भएको बताएका छन् । बैंकका अध्यक्ष शाहले मेगा क्यापिटलले नयाँ किसिमले काम गर्दै छोटो समयमै प्रगति गर्ने विश्वास व्यक्त गरे । बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकका देशभरका १०२ शाखाबाट क्यापिटल सेवा उपलब्ध हुने बताईन । 

मेगा क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए । 

क्यापिटलका सिइओ सुदयकान्त झाले पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवा प्रदान गरिने बताए । 

मेगा क्यापिटलले चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved