प्रभु बैंक Prabhu Bank Limited ले अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले घरमै बसेर अनलाईन मार्फत खाता खोल्न सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
प्रभु बैंकको खाता खोल्न चाहाने ग्राहकले अनलाइनबाटै खाताको आवेदन फाराम भर्न, खाता खोल्न आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सक्ने छन् । यसको लागि बैंकको वेबसाइटमा रहेको ‘Online A/c Opening’ वटन क्लिक गर्नुपर्नेछ ।