निक्षेप बृद्धि गर्न राष्ट्रिय वाणिज्य बैंकको राणनीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 11:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले निक्षेप बृद्धि गर्ने बारे रणनीति तयार गरेको छ । बैंकले काठमाडौंमा आयोजना गरेको Business Meet-2076 कार्यक्रम मार्फत रणनीति तयार गरेको हो । 

Business Meet-2076  कार्यक्रममा ४६ वटा शाखा कार्यालयका शाखा प्रवन्धकहरु सम्मिलित रहेका थिए । कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप बृद्धि, आधुनिक इलेक्ट्रोनिक बैंकिङ्ग उपकरण, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि छलफल गरी रणनीति तयार गरेको बैंकले जानकारी दिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै निक्षेप बृद्धिमा जोड दिन भनेका थिए । बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा निक्षेप बृद्धिका विविध रणनीति अपनाउंदै व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएका थिए । 

बैंकको २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरेहको छ ।  


         


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved