नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवाबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 02:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले कामना सेवा विकास बैंकका कर्मचारीलाई व्ब्ल्द्यक्ष् कोर्स प्रदान गर्ने बारे सम्झौता भएको हो । 

उक्त सम्झौतामा ल्द्यक्ष् का तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापत्र अनुसार कामना सेवा विकास बैंक १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण व्ब्ल्द्यक्ष् कोर्स प्रदान गर्ने छ । 

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एव दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएको छ । हाल सम्म देशका ३००० जना भन्दा बढी बैंकिङ्ग कर्मचारीहरु यो कोर्समा आवद्ध भएक छन् । साथै १००० जना भन्दा बढी कर्मचारीहरुले यो कोर्स उत्तिर्ण गरी व्ब्ल्द्यक्ष् प्रमाणपत्र प्राप्त गरेको नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved