एनआईसी एशियाको एकसाथ तीन शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 07:36:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले भक्तपुरको राधेराधे र दुवाकोट तथा पर्साको जगरनाथपुुुर गरि एक साथ तीन शाखा कार्यलयको उद्घाटन गरेको छ । बैंकको राधेराधे शाखाको उद्घाटन भक्तपुरको ठिमी नगरपालीका वडा नं. ५ का वडा अध्यक्ष अमृत मान श्रेष्ठले र दुवाकोट शाखाको उद्घाटन भक्तपुरको चागँुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष शिव हरि के.सी तथा पर्साको जगरनाथपुर शाखाको उद्घाटन जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले बैशाख १२ गते आयोजित छुट्टा छुटै कार्यक्रमका बीच गरेका छन् । 

शाखा सञ्जालको हिसाबले मुलुककै सबैेभन्दा ठुलो बैंकको रुपमा स्थापित बैंकले मुलुकभर रहेका २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले हाल करिब १६ लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved