एनएमबि बैंकको आठौं हेरिटेज वाक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 12:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको हो । आम जनमानसमा सम्पदाको महत्व बुझाउन र संरक्षण गर्नुपर्छ भन्ने उदेश्य दिन बैंकले प्रत्येक वर्ष हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएकोछ ।  

कार्यक्रमको उद्घाटन बैंकका  संचालक र प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले संयुक्त रुपमा गरेका थिए । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरु भई स्वयम्भूनाथमा पुगेर समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटो प्रदर्शनी गरिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन गरेका थिए ।

बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९  को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कायालयहरु मर्फत  विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम संचालन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved