मुक्तिनाथ विकास बैंकको तीन नयाँ बचत खाता सञ्चालना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 07:30:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम वचत खाता गरी तिन बचत खाता सञ्चालना ल्याएको हो ।  बैंकको उक्त योजनाा न्युनतम १०हजार रुपैयाँको मौन्दातमा ५ लाख रुपैयाँ सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यू बीमा सेवा पनि रहेको छ । 

त्यस्तैं २० हजार न्यूनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा ) रहेको बैंकले जनाएको छ । यसका साथै दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ),  निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधा, निः शुल्क भिसा डेविट कार्ड सेवा र देशैभरी भिसा नेटवर्कमा रहेका करिब ३ हजार एटीएम निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकका देशभर रहेका १४ वटै शाखा कार्यलय बाट यो लिन सकिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved