अर्थमन्त्री भन्छन: बिरामी बैंक नराख्न सुझाब आयो, ३४ अर्ब चुक्तापुंजीको बैंक बन्नुपर्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 02:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बाणिज्य बैंकहरुको चुक्तापुंजी ३४ अर्ब माथी हुनपर्ने धारणा व्यक्त गरेका छन। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालको कुल ग्राहस्थ उत्पादनको आकार ३४ खर्ब पुग्ने प्रक्षेपण भएकाले बैंक ३४ अर्ब चुक्तापुंजीको हुन आवश्यक रहेको बताएका हुन।

खतिवडाले बैंकहरुको चुक्तापुंजी कम भएकाले एउटा ठूला आयोजनामा बैंकहरुले लगानी गर्न नसकेको बताउदै बैंकको चुक्तापुंजी बढाउन आवश्यक रहेको तर्क पेश गरेका छन।    

मन्त्री खतिवडाले नेपालमा अहिलेपनि २५ देखि ४५ बैंक वित्तीय संस्थाहरु बिरामी रहेको तथ्य देखाएर आफुलाई यस्तो संस्था बन्द गर्न सुझाब आएको बताउदै यस्ता संस्थालाई मर्जरमा लैजान चाहेको बताएका छन। बैंकहरुको संख्या भन्दा पनि गुणस्तर तर्फ सरकारले प्राथमिकता दिएको बताउदै मन्त्री खतिवडाले घुमाउरो भाषामा फोर्सफुल मर्जर आवश्यक रहेको संकेत गरेका छन।      

पछिल्लो समय बिग मर्जरबारे बजारमा चर्चा चलिरहेका बेला अर्थमन्त्री खतिवडाले बैंकहरुको चुक्ता पुंजी ३४ अर्ब हुनुपर्ने संकेत गरेकाले सरकार बिग मर्जरको पक्षमा रहेको र आगामी बजेटमा यसबारे सम्बोधन हुने अपेक्षा गरिएको छ।  

तर बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बिभिन्न सार्वजनिक फोरममा बैंकहरुलाई फोर्स गरेर नभई स्वेच्छिक वा प्रोत्साहनको विकल्प दिएर मर्जर गराउनुपर्ने धारणा व्यक्त गरेका छन। अर्थमन्त्री खतिवडाले फोर्सफुल्ल मर्जर हुनुपर्ने आशयमा आफ्नो कुरा राखेपनि ढुंगानाले भने मर्जरलाई स्वस्फुर्त छाड्नुपर्ने र कर छुट लगायतका सुविधा दिनुपर्ने बताएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved