सुर्यविनायकमा गरिमाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 04:59:42 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले भक्तपुरको सुर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ । सोमबार आयाजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले बैंकको उक्त शाखा कार्यलयको उद्घाटन गरे ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाण्डौं उपत्यकाभित्र ८ वटा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम मार्फत बैंकिङ ेिवा प्रदान गरिरहेको छ । देशका विभिन्न स्थानमा थप १५ वटा शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बैंले जनाएको छ । 

चालु आर्थिक बर्षको तेस्रो त्रेमास सम्मा ३० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।          


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved