नबिल बैंकले अर्बपति बनाइदिएपछि डाक्टरलाई यस्तो तनाब...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 10:13:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको बैंकिंङ प्रणालीमा मंगलबार (बैशाख १७ गते) अनौठो घटना घटेको छ। नबिल बैंकमा रहेको आफ्नो खातामा २३ अर्ब ७५ रुपैयाँ जम्मा भएको कुरा ड़ा सन्तोष नेपालले जानकारी दिएपछि यस्तो अनौठो घटना बाहिरिएको हो। 

मंगलबार करिब ४ बजेतिर खाताबाट ऋण लिएको रकम काट्यो कि काटेन भनेर हेर्दा खातामा २३ अर्ब ७५ करोड ९६ लाख ३३ हजार ७७६ रुपैयाँ  ६६ पैसा देखेपछि डाक्टर नेपाल झस्किए। आफ्नो खातामा त्यत्तिको ठुलो रकम देखेपछि उनले बैंकमा सम्पर्क गरेर भने, '‘मलाई बैंकको अर्ब पैसा चाहिदैन,मेरो खातामा भएको केही हजार फिर्ता देउ।’

नबिलका कर्मचारीले तपाईको खातामा विदेशबाट पैसा आएको होला भन्ने जवाफ फर्काए। त्यसपछि बैंकमा उनको डिजिटल विभागका प्रमुख सनत पौडेललाई फोन घुमाए। 

बेलुका ८ बजे पौडेलसंगको कुराकानीपछि मात्र नेपालले बैंकको बैंकिङ प्रणालीको गडबढीले गर्दा आफ्नो खातामा २३ अर्ब आएको जानकारी पाए। बेलुका करिब ९ बजे नेपालको खाताबाट बैंकले २३ अर्ब फिर्ता लियो। नेपाल भन्छन, ‘२३ अर्ब नबिललाई फिर्ता गरेर आफ्नो खातामा भएको हजार रुपैयाँ फिर्ता आएपछि बल्ल निद्रा लाग्यो।’ 

 No photo description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved