अजोड इन्स्योरेन्स कम्पनीले क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । अजोडले सुर्खेतमा आफ्नो क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हो ।
क्षेत्रीय कार्यालयको उद्घाटन कर्णाली प्रदेशका उधोग पर्यटन बन तथा वातावरण मन्त्री नन्द सिंह बुढा र कम्पनीका संचालक आजाद श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा बोल्दै कम्पनिका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले प्रदेश सरकारले आउँदो बजेट मार्फत घर बीमालाई अनिवार्य गराएमा बीमा व्यवसायमा बृद्धि हुने बताएका छन् । हुनुको साथै बीमितले प्रत्यक्ष लाभ प्राप्त गर्ने बताए ।
उधोग बाणिज्य संघका पूर्ब उपाध्यक्ष बासुदेब शर्माले इन्स्योरेन्समा समस्या रहेको बताएका छन् । उनका अनुसार, इन्स्योरेन्स गर्दा सहज रुपमा गरिन्छ तर दाबी भुक्तानी गर्दा कठिनाई भोग्नुपर्ने हुन्छ । निर्जीवन बीमामा दाबी भुक्तानीको बेला समस्या रहेको उनले दाबी गरे । जब दाबी पर्छ कम्पनीहरुले विभिन्न कागजपत्रहरु खोज्ने गर्छन् । उनले बीमा कम्पनीहरुले बीमा गर्नु पूर्व नै सबै कागजातहरुको बारेमा जानकारी दिएर मात्र बीमा गर्न सुझाव दिएका छन् । ।