एन आई सी एशिया बैंकको डिजिटल पेमेन्ट विशेस अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 01:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया NIC Asia Bank Limited ले डिजिटल पेमेन्टमा विभिन्न योजनाहरु ल्याएको छ । बैंकले क्यास ब्याक तथा डिस्काउन्ट अफर सहितका योजनाहरु सार्वजनिक गरेको छ । 

बैंकले ल्याएको  योजनामा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोÞबाईल बैंक मार्फत झुक्तानी गर्दा उच्चतम १००० रुपैयाँसम्मको क्यास तथा डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।  यस योजना अन्तर्गत,

१. अनलाइन कार्डबाट दराज, खल्तीमा झुक्तानी, कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी तथा बैंकको क्युआर सिस्टमबाट झुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम १००० रुपैयाँसम्मको क्यास ब्याक लिन सक्नेछ ।   

२. पोसबाट झुक्तानी गर्दा १०% वा उच्चतम ५०० रुपैयाँसम्मको क्यास ब्याक ।

३. बैंकको मोबाईल बैंकबाट एनटिसि,एनसेलको  टपअप गर्दा १०% वा उच्चतम १०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

यो योजना बैंशाख १९, २०७६ को दिनबाट मात्र लागु हुनेछ । 

बैंकले २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved