राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पनी बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 01:05:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । बैंक र दूरसञ्चारबिच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा सम्झौता भएको हो

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् । 

संयुक्त लगानीमा ंस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्नेछ । 

सम्झौता पश्चात भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले बैंक र दूरसञ्चारको प्राथमिकताका आधारमा डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved