कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited बाट एशियन लाईफ इन्स्योरेन्स Asian Life Insurance Company Limited को बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ८३ वटै शाखाहरुबाट एशियन लाईफको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्ने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
कामना सेवाले ३७ वटा एटिएमा मार्फत पनि सेवा दिँदै आएको छ ।