राष्ट्रिय वाणिज्य बैंकले डेढ प्रतिशत ब्याज मै ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 09:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ । बैंकले  महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्न १.६ प्रतिशत ब्याज दरमा ऋण उपलब्ध गराउने भएको हो । 

यस सम्बन्धि सम्झौतामा बैंक, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजना बीच बुधबार त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका हुन् । यस परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस् सहयोगी पार्टनर संस्थाको रुपमा रहेका छन् ।

सम्झौता अनुसार टाटा परियोजनाले उपलब्ध गराएको १५ लाख सम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरको महिला उद्यमशिलता कर्जा प्रदान गर्ने छ  । बैंकले १.६ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा लगानी गर्ने छ । हाल पाइलट परियोजनाको रुपमा काभ्रे जिल्लाको नाला र पनौती क्षेत्रमा परियोजना लागु गरिने छ ।

 बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २१८ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved