महिलाहरुको क्षमता अभिवृद्धि गर्दै मिर्मिरे लघुवित्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 04:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे Mirmire Laghubitta Bittiya Sanstha Limited को बनेपा शाखाले नेपाल प्रहरीको पाँचखाल सँगको सहकार्यमा वित्तीय साक्षरता र प्रहरी–समुदाय साझेदारी कार्यक्रम समपन्न गरेको छ । पाँचखाल नगरपालीका वडा नं. ४ का वडा अध्यक्ष सुन्दर तामाङ र नेपाल प्रहरी पाँचखालका साहायक प्रहरी निरीक्षक  शिव प्रसाद प्रराजुलीको आतिथ्यता रहेको कार्यक्रममा ५० जना महिलाहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा समाजमा घटने विभिन्न खालका घटना, महिला हिंसा र वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल साथै भिडियो सामाग्रिा प्रर्दश्नी गरिएको थियो । कार्यक्रमममा समुदायले कसरी प्रहरी सँग साझेदारी गरेर अगाडि बढ्न सकिन्छ साथै वित्तीय अनुशासन, कर्जा सदुपयोगिता र विमाका कुराहरु लाई विशेष जोड दिइएको थियो । महिला हिंसा न्यूनिकरणमा लघुवित्तको भूमिका, बचतका फाइदाहरुको बारेमा पनि छलफल भएको लघुवित्तले जनाएको छ । 

कार्यक्रमको सम्बोधन गर्दै वडा अध्यक्ष तामाङले गाँउ घरमा यस्ता कार्यक्रमको आवश्कता महसुस भएको बेला मिर्मिरे लघुवित्तले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । पाँचखाल प्रहरीका प्रतिनिधिले वित्तीय संस्थाले गरेको अगुवाई प्रभावकारी भएको भन्दै आउँदा दिनमा अझै शसक्त सहकार्यको अपेक्षा लिएको बताएका थिए  । कार्यक्रममा लघुवित्तको  बनेपा शाखाको शाखा प्रबन्धक अन्जु श्रेष्ठ, केन्द्रीय कार्यलयका बिकल काफ्ले लगायतले प्रशिक्षण दिएका थिए । मिर्मिरे लघुवित्त क्षेत्रीय कार्यालयको तर्फबाट अनुगमा अधिकृत रमेश घिमिरेले अब मिमिेरे महिला शसक्तीकरण, अर्थिक समाबेशिता, वित्तीय साक्षरताका लागि हरेक क्षेत्रमा पुग्ने प्रतिबद्घता ब्यक्त गर्दै संस्थामा आवद्घ महिलाहरुलाई कर्जा सदुपयोगिता साथै विमा, बचत गर्न प्रत्साहित गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved