महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले वैशाख ३० र ३१ गते रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधई र ओमसतीया गाउँपालिकास्थित ठुटीपिपलमा शाखा सञ्चालनमा ल्याएको हो ।
धकधई शाखाको रोहिणी गाउँपालिकाका अध्यक्ष सञ्जय कुमार यादव र ठुटीपिपल शाखाको ओमसतीया गाउँपालिकाका अध्यक्ष हिरा केवट रावलले उद्घाटन गरे ।
योसँगै बैंकको शाखा संख्या ९३ पुगेको छ । बैंकले ३५ वटा एटिएम मार्फत पनि सेवा दिँदै आएको छ ।