एनआईसीका ग्राहकलाई स्पार्क हेल्थ होममा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 07:36:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई स्पार्क हेल्थ होममा छुट हुने भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्ड वाहक ग्राहकलाई स्पार्क हेल्थहोममा छुट हुने भएको हो । 

बैंक र हेल्थहोमबीच भएको सम्झौता अनुसार ग्राहकले १० प्रतिशत सम्मको छुट पाउने छन् । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थहोमको तर्फबाट कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरे । 

बैंकले हाल २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved