नेशनल माइक्रोफाइनान्सको शाखा महोत्तरिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 12:04:26 PM मा प्रकाशित

laxmi  sunrise bank

महोत्तरिमा नेशनल माइक्रोफाइनान्सको नयां शाखा बिस्तार भएको छ । नेशनल माइक्रोफाइनान्सले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न।६ रामगोपालपुर बजारमा नयां शाखा बिस्तार गरेको हो ।

शाखा कार्यालयको औपचारिक उदघाटन नगरपालिकाको मेयर  अशोक कुमार मंडल र प्रमुख कार्यकारी अधिकृत श्री रामबहादुर यादवले संयुक्त रुपमा गरेको थिए । उदघाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत  रामबहादुर यादवले संस्थाको सुरुवात देखी हालसम्मको प्रगतीको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गरेको थिए । चालु आ।व। को २०७५ चैत्र मसान्त सम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७५ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड र बचत रु। १ अर्ब १५ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल भएको यादवले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved