एनआईसीका ग्राहकलाई अल्का अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 11:57:15 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालमा छुट हुने भएको छ । बैंक र अस्पतालबीच सम्झौता भएपछि अल्का अस्पतालमा उपचार गराउँदा एनआईसीका ग्राहकले २० प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका हुन् ।

बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् उपचार शुल्क भुक्तानी गर्दा मात्रै छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठी र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरे । 

बैंकले हाल २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved