बिजपाटी सम्बाददाता     May 20, 2019 | 07:38:16 PM



ज्योति विकास बैंक Jyoti Bikash Bank Limited बाट नेपाल इन्स्योरेन्स कम्पनीको सेवा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका सबै शाखाबाट नेपाल इन्स्योरेन्सको सेवा प्राप्त हुने भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरे । 

बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7