नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले दैलेखको ठाँटीकाँध गाउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ ।
ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने जनाईएको छ । बैंकले हाल १२६ वटा शाखा र ७४ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।