२५ औँ बर्षमा महालक्ष्मी विकास बैंक, संस्कृतिविद जोशी सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 03:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मि विकास बैंक २५ औँ बर्षमा प्रवेश गरेको छ । बैंंकले बार्षिकोत्सवको अवसरमा आफ्ना शाखाहरुमा बिभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेर मनाएको छ । बैंकको केन्द्रिय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी लगाएत अन्य कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरिदियकोमा महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाइ धन्यवाद दिदैं वहाँ लगायत प्रतिनिधि प्रहरीलाइ फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए । 

बैंकले आफ्नो केन्द्रिय कार्यलयमा रजत जयन्तीको अबशरमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । वहाँलाई सम्मानपत्रको साथै रु। एक लाखको चेक हस्तान्तरण बैंकका सञ्चालक समितिका अध्यक्ष  राजेश उपाध्यायले  गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved