नेपाल एसबीआई बैंकका ग्राहकले ‘खल्ती’ मार्फत डिजिटल भूक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 05:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबीआई बैंक@Nepal र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालक अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा मार्फत ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । 

बैंकले ८८ शाखा, १९ वटा एक्सटेन्सन काउण्टर र ११६ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved